बर्गर दिन ढिलो गरेको रिसमा महिलाले बर्गर किंगका कर्मचारीमाथि गोली चलाइन्

डिसी नेपाल
२४ चैत २०७७ १७:०९
3.8k
Shares

काठमाडौं। बर्गर किंगमा बर्गर लिन गएकी एक महिलाले धेरै बेर कुर्नु परेपछि रिसाएर कम्पनकिा ड्राइभ थ्रु स्टाफमाथि गोली चलाएकी छिन् । सीसीटिभी फुटेजमा अमेरिकाको मेम्फिसस्थित बर्गर किंगको आउटलेटमा ती महिला झ्यालबाट चियाइरहेकी देखिएकी छिन् । पुलिसका अनुसार ती महिला मंगलबार बर्गर किंगको आउटलेटमा पुगेकी थिइन् जहाँ उनको त्यहाँका कर्मचारीसँग चर्को बहस भएको थियो किनकि उनलाई त्यहाँका कर्मचारीले काम ढिलो गरेको लागेको थियो ।

डेली मिररका अनुसार बहसपछि उनले कारमा रहेको बन्दूक उठाएर त्यहाँका स्टाफमाथि गोली चलाएकी थिइन् । उनले केही राउण्ड फायर गरेपछि स्टाफहरु पछाडिको ढोकाबाट भागेका थिए । कर्मचारीहरुलाई कुनै चोट नलागेको बताइउको छ । ती महिला भने फरार छिन् र उनलाई पुलिसले खोजी गरिरहेको छ । क्राइम स्टपर्स अफ मेम्फिस एण्ड शेल्बी इंकको तर्फबाट यी महिलालाई पक्राउ गर्न सघाउनेलाई १ हजार डलरसम्मको पुरस्कार दिने घोषणा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.