जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

डिसी नेपाल
२४ चैत २०७७ २२:२३
20
Shares

जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनि निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनि अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएको जनाइएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जर्जियामा मङ्गलबार मात्रै उनिसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.