माओवादीले पदमुक्त गरेका चारै जना मन्त्रीको पुनर्नियुक्ती, पाँच बजे सपथ
काठमाडौं। प्रधानमनन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका चार जना मन्त्रीलाई आजै पुनर्नियुक्ती गर्ने भएका छन्। उनीहरु चारै जनालाई आजै पाँच बजे सपथ ग्रहण गराइने भएको हो। त्यसका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तयारी पूरा भएको छ।
माओवादीले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग,वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पद नरहने गरी कारवाही गरेको थियो।
पदमुक्त भएका चारै जना मन्त्रीलाई शुक्रबार साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रायमाझी, भट्ट, साह र चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका थिए। उनीहरुको सांसदपद रिक्त भएसँगै मन्त्री पदबाट समेत मुक्त भएका छन्। चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचन सांसद हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरुले उनीहरुले ओलीलाई साथ दिएका थिए। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि उनीहरु एमालेमै रहेका थिए।
चारै जनालाई एमालेको केन्द्रीय सदस्य बनाइएको छ। चौधरी, साह र रायमाझी गत पुस १० मा मन्त्री नियुक्त भएका थिए। भट्ट भने २०७६ मंसिर ५ मा मन्त्री नियुक्त भएका थिए।







डिसी नेपाल







Facebook Comment