परराष्ट्रमन्त्री ज्ञवालीले गरे भारतीय समकक्षीलाई फोन, किनेको खोप उपलब्ध गराउन आग्रह

डिसी नेपाल
२७ चैत २०७७ १८:३५
140
Shares

काठमाडौं। नेपालले भारतबाट किनेर ल्याउन लागिएको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्रालयका अनुसार शुक्रबार दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना भारतीय सकमक्षी एस जयशंकरलाई फोन गरेर नेपालले किनेको खोप उपलब्ध गराउन आग्रह गरेका हुन्।

उनले खोप स्पलाइमा सहयोग गर्न आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले भारतले सक्दो सहयोग गर्ने बचन दिएका छन्। नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरे पनि भारतमै खोपको अभाव देखिँदा खोप नेपाल आउन सकेको छैन। त्यसमाथि हाल भारतमा कोरोनाको दोस्रो लहर तिब्ररुपमा फैलिँदा भारतले खोप निर्यातमा रोक लगाएको छ।

फोना वार्तामा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा भारतले गरेको सहयोगप्रति धन्यावाद दिएका थिए। विदेशमन्त्री जयशंकरले पनि आगामी दिनहरुमा पनि सहयोग जारी रहने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *