अमेरिकी राष्ट्रपतिका छोराका लाखौं म्यासेज र हजारौं अश्लील फोटोहरु लिक भएपछि हंगामा

डिसी नेपाल
२८ चैत २०७७ १०:३६

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारको निजी जीवन निकै विवादित छ । केही समय पहिले उनकी छोरी कलेजको समयमा ड्रग्सको दुर्व्यसनीमा फसेको खबर सार्वजनिक भएको थियो । अब उनका छोरा हन्टर बाइडेनको ल्यापटपबाट कैयौं सामग्रीहरु लिक भएका छन् जसमा उनी ड्रग्सको दुर्व्यसनी तथा यौनको समेत दुर्व्यसनी भएको खुलासा भएको छ । यो खुलासापछि संसारकै सबैभन्दा शक्तिशाली मानिने पदमा रहेका जो बाइडेनको परिवार निकै विवादमा परेको छ ।

हन्टर बाइडेनको जीवनका विवादित कुराहरुबारे बेलायती अखबार डेलीमेलले खुलासा गरेको हो । अखबारका अनुसार हन्टरको ल्यापटपबाट १ लाख ३ हजार टेक्स्ट म्यासेज, १ लाख ५४ हजार इमेल, २ हजार फोटो र दर्जनौं भिडियो लिक भएका छन् र यी सामग्री उनकै भएको फरेन्सिक विशेषज्ञहरुले पुष्टि गरेका छन् । अखबारले गरेको दावीअनुसार हन्टरले महिलाहरुसँग शारीरिक सम्बनधको क्रममा हन्टरले भिडियो पनि बनाउँथे ।

उनको एउटा तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ जुन भिडियोमा हन्टरले एक महिलाको कपाल समातेर तानिरहेका छन् । यसका अलावा २ टपलेस महिलाहरुसँग पनि उनको एउटा तस्वीर लिक भएको छ । यी सामग्री लिक भएसँगै हन्टर सेक्स एडिक्ट भएको दावी गरिएको छ । ५१ वर्षका हन्टरले केही समय पहिले मात्रै आफ्नो अटोबायोग्राफी प्रकाशित गरेका थिए । यो किताबमा उनले ड्रग्स, मदिरा र आफ्नो यौनको लतको कुरा स्वीकार गरेका थिए ।

डेलीमेलले भने हन्टरले अटोबायोग्राफीमा आफ्ना कैयौं कुराहरु लुकाएको र उनको जीवन उनले बताएभन्दा निकै विवादित रहेको दावी गरेको छ । अखबारले हन्टरले अटोबायोग्राफीमा आफ्ना पितासँगको तनावपूर्ण सम्बन्धसहित कैयौं विवादित कुराहरु लुकाएको दावी गरेको छ । हन्टरका लिक भएका म्यासेजमा हन्टर र उनका पिता जो बाइडेनबीच राष्ट्रपति निर्वाचनका विषयमा भएका कुराहरु पनि देखिन्छ । हन्टरले पितालाई चुनाब लड्नको लागि दबाब दिँदै यसको माध्यमबाट आफूले आफ्ना पापको प्रायश्चित गर्न सक्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *