भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै एस्ट्राजेनेकाले भारतीय उत्पादकलाई कानुनी नोटिस पठायो

डिसी नेपाल
२८ चैत २०७७ १२:४१
528
Shares

काठमाडौं। कोभिशिल्ड भ्याक्सिनको मुख्य उत्पादक कम्पनी एस्ट्राजेनेकाले यो भ्याक्सिन उत्पादनको जिम्मा लिएको भारतीय साझेदार कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियालाई भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै कानुनी नोटिस पठाएको छ । सेरम इन्स्टिच्युटमा प्रमुख अदर पुनावाला स्वयंले यसको खुलासा गरेका छन् ।

‘एस्ट्राजेनेकाले हामीलाई कानुनी नोटिस पठाएको छ र यसबारे भारत सरकारलाई पनि जानकारी छ । यो गोप्य भएकोले मैले कानुनी नोटिसबारे सार्वजनिक प्रतिक्रिया दिन सक्दिन । सेरम इन्स्टिच्युटले भारतीय आपूर्तिलाई प्राथमिकता दिनुपर्ने भएकोले विदेशको आपूर्ति समयमा गर्न नसकेको र सम्झौताको शर्त उल्लंघन भएकोबारे कानुनी रुपमा समाधानको बाटो खोज्दैछौं । सरकारले यो समस्या समाधान गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा समीक्षा गरिरहेको छ’ पुनावालाले बिजनेस स्टान्डर्डसँगको एक अन्तरवार्तामा भने ।

अहिले विश्वलाई नै भ्याक्सिनको आवश्यकता भएको र आफ्नो कम्पनीले तत्कालको लागि भारतीय आवश्यकतालाई प्राथमिकतामा राखेको बताउँदै पुनावालाले अहिलेसम्म आफ्नो कम्पनी भारतकै लागि आवश्यक परिमाणको आपूर्ति गर्न समेत सक्षम नभएको बताए । प्रति महिना ६० देखि ६५ मिलियन डोज उत्पादन क्षमता भएको सेरम इन्स्टिच्युटले केन्द्र सरकारलाई १०० मिलियन डोज उपलब्ध गराएको र ६० मिलियन डोज निर्यात गरेको बताए । जूनसम्म अझै उत्पादन बढाउनको लागि कम्पनीलाई थप ३ हजार करोड रुपैयाँ आवश्यक भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.