पत्रकार महासंघमा पोखरेल नेतृत्वको प्यानल विजयी
काठमाडौं। नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। यही चैत २५ गते सम्पन्न मतदानको मतगणना शनिबार सकिएको छ। नेपाल प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव समूह) र प्रगतीतशील प्रत्रकार संघको सँयुक्त प्यानल नै विजयी भएको हो।
पोखरेलले प्रेस चौतारीका तर्फबाट उम्मेदवार रहेकी निर्मला शर्मालाई करिब २ हजार मतान्तरले पराजित गरेका छन्। पोखरेल नेतृत्वको प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महलिा उपाध्यक्षमा बाला अधिकारी, महासचिबमा रोशन पुरी लगायत प्यानल नै विजयी भएको छ।
महासंघका लगातार तीन कार्यकाल नेतृत्वमा पुग्न नसेको युनियन यो पटक फेरि नेतृत्वमा फर्किएको हो। केन्द्रीय नेतृत्वमा पोखरेल नेतृत्वले क्लिनस्वीप गर्दा प्रदेश, प्रतिष्ठान, एसोसिएट्स र जिल्ला शाखाहरुमा पनि अत्यधिक स्थानमा जित हासिल गरेको छ। प्रेस युनियनले ४४ जिल्ला शाखामा अध्यक्ष जितेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment