अमेरिकास्थित दुईवटा संस्थाको संयुक्त सम्मेलन मे २२ मा
काठमाडौं । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको समूह ‘ब्लड डोनर्स अफ अमेरिका (बीडीए)’ र नेपालबाट अमेरिका पुगी नर्सिङ पेसामा संलग्नहरुको समूह ‘सोसाइटी अफ अमेरिकन नेपालीज नर्स (सान)’को संयुक्त सम्मेलन हुने भएको छ। यसअघि हुनु पर्ने याे सम्मेलन काेभिड १९ का कारण स्थगित भएकाे थियाे।
दुबै संस्थाले संयुक्त विज्ञप्ति जारी गरी आउँदाे मे महिनाको २२ तारिखका दिन जुममार्फत तेस्रो सम्मलेलन हुने जानकारी गराएका छन्। उक्त सम्मेलनलाई बीडीएको फेसबुक एकाउन्टमार्फत प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ।
‘रक्तदान र नर्सिङ केयरको माध्यामबाट समुदाय र जीवनलाई ऐक्यवद्ध बनाउँ’ भन्ने नाराका साथ उक्त सम्मेलन हुन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
रक्तदान अभियानसहित सामुदायिक सेवाका लागि हातेमालो गर्दै आवश्यक परेकालाई रगन आपूर्ति गने, स्वास्थ्य सम्बन्धि जनचेतना र व्यक्तिगन सल्लाह दिने, तालिम दिने लगाएतका विषयमा सम्मेलनमा छलफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्मेलन विचार र अनुभवहरु बाढ्ने माध्यायम हुने विश्वास गरिएको छ। आउँदा दिनका सम्भावित चुनौति र तिनीहरुको समाधानको लागि पनि सम्मेलनमा छलफल हुने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment