इरानको परमाणु प्लान्टमा रहस्यमय घटना

डिसी नेपाल
३० चैत २०७७ १४:००
2.3k
Shares

काठमाडौं। इरानको परमाणु प्लान्टमा रहस्यमय घटना भएको छ । चालु अवस्थामा रहेको प्लान्टमा अचानक रहस्यमय रुपमा विद्युत आपूर्ति बन्द भएर परमाणु इकाइलाई समेत षति पुगेको छ । विद्युत आपूर्ति अवरुद्ध हुनुको स्पष्ट कारण खुलेको छैन । इरानको असैन्य परमाणु कार्यक्रमका प्रमुखले विद्युत अवरुद्ध हुनुलाई ‘परमाणु आतंकवाद’ भनेका छन् । इरानको परमाणु कार्यक्रमका प्रमुख अली अकबर सालेहीले आइतबार राती सरकारी टेलिभिजनमा यो कार्य परमाणु आतंकवाद भएको टिप्पणी गरेका हुन् ।

सालेहीले यो घटनामा संलग्न भएको हुन सक्ने संदिग्धको नाम लिएनन् तर उनको इशारा इजरायलतर्फ थियो । सालेहीको टिप्पणीले पश्चिम एसियामा तनाव अझै बढ्न सक्छ । कैयौं इजरायली मिडियाले पनि साइबर आक्रमणका कारण नातान्जमा विद्युत आपूर्ति अवरुद्ध भएको अनुमान गरेका छन् । विद्युत अवरुद्ध हुँदा संवेदनशील सेन्ट्रिफ्युज रहेको युनिटमा क्षति पुगेको थियो । यद्यपि इजरायली मिडियाले यो अनुमानको लागि कुनै स्रोत वा आधार उल्लेख गरेका छैनन् ।

इजरायली मिडियाको देशको सैन्य र खुफिया एजेन्सीसँग नजिकको सम्बन्ध भएको मानिन्छ । एक समाचार एजेन्सीका अनुसार यदि यो घटनामा इजरायल जिम्मेवार भएको पाइएमा यी देशबीच पुनः तनाव बढ्न सक्नेछ । इजरायल र इरानबीच अहिले पनि तनाव छ । आइतबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनसँग भेटवार्ताको क्रममा इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले परमाणु सम्झौतालाई रोक्न हर सम्भव प्रयास गर्ने संकल्प लिएका छन् ।

नातान्ज परमाणु इकाइमा आइतबार भएको घटनाको पूरा विवरण सार्वजनिक भएको छैन । तर, केही रिपोर्टमा विद्युतीय ग्रिड फिडमा गडबडी भएपछि विद्युत आपूर्ति अवरुद्ध भएको दावी गरिएको छ । इरानको परमाणु फर्जा संगठनका प्रमुख अली अकबर सालेहीले यो घटनालाई लिएर कडा टिप्पणी गरेका छन् । उनले एक दशकअघि इरानी परमाणु वैज्ञानिकको हत्याको लागि समेत इजरायललाई दोषी भनेका छन् । उनले अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनको लागि देशको परमाणु प्रविधिलाई गम्भीरताका साथ सुधार गर्ने पनि बताए ।

आइतबार परमाणु इकाइमा के भयो भन्ने प्रस्ट नबताएका सालेहीले घटनालाई ‘गम्भीर’ भनेका छन् । उनले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए) ले परमाणु आतंकवाद रोक्नुपर्नेमा जोड दिए । आइएइएले पनि नातान्जमा ब्ल्याकआउटको जानकारी पाइएको पुष्टि गरेको छ तर घटनाबारे विस्तृतमा बताएको छैन । यसअघि पनि २०१० मा यो परमाणु इकाइमा भाइरस आक्रमण भएको थियो र यो आक्रमण अमेरिका र इजरायलले गरेको विश्वास गरिएको थियो । अहिलेको आक्रमण पनि इजरायली खुफिया एजेन्सी मोसादले गरेको दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.