घोडालाई खुवाउने औषधि मानिसहरुले किन खाइरहेका छन् ?
काठमाडौं । फिलिपिन्समा मानिसहरुले घोडालाई खुवाउने औषधि खाइरहेका छन् । उनीहरुले घोडालाई खुवाउने यो औषधिलाई कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको रुपमा प्रयोग गरिरहेका छन् । फिलिपिन्स कोरोनाभाइरस महामारीसँग जुधिरहेको छ र त्यहाँका जनताको प्रशासनमाथि विश्वास पनि कम हुँदै गएको छ । यसका अलावा यहाँका अस्पतालमा बिरामीको संख्या पनि बढिरहेको छ ।
यहाँका जनता भ्याक्सिनका विषयमा निकै तनावमा छन् र तत्कालीन उपायको लागि साइड इफेक्टको चिन्ता नगरी आइभरमेक्टिन नामको औषधि प्रयोग गरिरहेका छन् । यो औषधि घोडामा प्रयोग गरिन्छ । मार्च महिनामा यो औषधिका विषयमा फिलिपिन्समा ७०० गुणा धेरै इन्टरनेटमा सर्च गरिएको थियो । यो औषधिको प्रभाव यस्तो छ कि देशका केही नेता र सामाजिक संजाल इन्फ्लुएन्सरहरुले पनि उसलाई कोरोना भ्याक्सिनको रुपमा प्रवर्धन गरिरहेका छन् ।
भाइसको रिपोर्टअनुसार फिलिपिन्समा यो औषधिलाई मानिसमा प्रयोगको लागि दर्ता गरिएको छैन । अर्थात यो औषधि मानिसमा प्रयोगका लागि बेच्नु गैरकानुनी हो । आइभरमेक्टिन बनाउने कम्पनी मर्कले पनि एक बयान जारी गर्दै वैज्ञानिकले यो औषधिलाई कोरोनाको भ्याक्सिनको रुसमा सही नमानेको बताएको छ । तैपनि त्यहाँ यो भ्याक्सिनको लोकप्रियता बढिरहेको छ ।
आइभरमेक्टिनको एउटा समस्या यो पनि हो कि यसको फरक फरक संस्करण उपलब्ध छन् । अमेरिकामा यो औषधिको एक संस्करणलाई मानिसको उपचारको लागि स्वीकृत गरिएको छ तर ट्रपिकल रोग र जुम्राको लागि मात्रै यो प्रयोग गर्न पाइन्छ । कोरोनाको हकमा यो औषधिको प्रयोग गर्न अनुमति छैन । फिलिपिन्समा भने यो औषधि मानिसको लागि स्वीकृत छैन ।
यो औषधिको डोजको विषयमा पनि कैयौं चिन्ताका कुराहरु सार्वजनिक भएका छन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधिका साइड इफेक्ट पनि जारी गरेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई क्लिनिकल ट्रायलमा मात्र प्रयोग गर्न भनेको छ ।







डिसी नेपाल








Facebook Comment