१६ दिनमा देशैभरी खोप अभियान पूरा ! ९३ प्रतिशत वयस्क जनतालाई भ्याक्सिन लगाइयो

डिसी नेपाल
३० चैत २०७७ १७:४४
628
Shares

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि एक पटक विश्वलाई दुःख दिन थालेको छ । थुप्रै देशहरूमा संक्रमणका घटनाहरू बढिरहेका छन्। यस्तो अवस्थामा सबै देशले सकेसम्म धेरै मानिसलाई जोगाउन र संक्रमण फैलिन नदिनको लागि छिटो खोप लगाउने प्रयास गरिरहेका छन्। यस क्रममा भ्याक्सिन धेरै देशमा ठूलो जनसंख्यासम्म पुग्न सकेको छैन । तर, भुटानले भने यो अभियानमा जित हासिल गरेको छ ।

भुटानमा संचालित खोप अभियानमा देशका ९३ प्रतिशत वयस्कहरुलाई १६ दिनमै खोप लगाइसकिएको छ । भुटानमा अहिले खोप लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालको छिमेकी देश भुटानमा मार्च २७ मा खोप अभियान थालिएको थियो । भूटानले आफ्नो वयस्क जनसंख्याको लगभग ९३ प्रतिशतलाई खोप लगाइसकेको छ। भुटानको कुल जनसंख्या ८ लाख छ । जसमध्ये ६२ प्रतिशतले खोप लगाएका छन् ।

भूटानको सानो जनसंख्याले खोप अभियानलाई गति प्रदान गर्न मद्दत गरेको छ, तर सफलताको श्रेय त्यहाँका समर्पित निजामती स्वयंसेवकहरूलाई दिइएको छ । भूटानले जनवरीमा छिमेकी भारतबाट एस्ट्राजेनेका खोपको पहिलो १ लाख ५० हजार डोज प्राप्त गरेको थियो र मार्चको अन्त्यमा बौद्ध ज्योतिषअनुसार शुभ दिनमा खोप लगाइएको थियो। बौद्ध धर्मावलम्बीको प्रार्थनाबीच महिलालाई टीका लगाएर यसको सुरुवात गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.