अझै पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको बिन्दुमा
काठमाडौं। केही दिनयता काठमाडौंलगायत देशभर बढेको प्रदुषण अझै पनि खतराको विन्दुमा रहेको पाइएको छ। पछिल्ला केह दिनमा पानी परेर दिउँसो घाम लागेसँगै मौसममा केही मात्रामा सुधार आए पनि प्रदुषण भने नघटेको पाइएको छ।
स्विट्जरल्याण्डको आइक्युएअरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १८४ पुगेको छ। उक्त इन्डेक्समा काठमाडौं उपत्यका पहिलो नंबरमा रहेको छ। वायुको गुणस्तर (एक्युआई) ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्युआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्युआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।
मौसम धुम्मिएसँगै बढेको वायु प्रदूषणले बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ। प्रदूषणले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ। हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ।
पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले गर्दा बढेको धुवाँ र सुख्खा मौसमका कारण धुलाले मौसममा खराबी आएको हो। काठमाडौंसँगै बंगलादेशको ढाका, चीनको वुहान, भारतको दिल्ली, कोलकता र मुम्बई सहरको पनि वायु प्रदूषणको मात्रा उच्च रहेको छ।







डिसी नेपाल







Facebook Comment