नुवाकोट टाइगर च्याम्पियन

डिसी नेपाल
१ वैशाख २०७८ २१:४७
120
Shares

नुवाकोट।आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर बुधबार च्याम्पियन बनेका छन्। हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए। थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे।

नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा भएको प्रतियोगिताको लाइट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित रचे । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपकी सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी थिए । प्रतियोगितामा विकास खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *