रणवीर सिंहसँग विवाह गर्ने केटी १०२ करोड सम्पत्तिकी मालिक्नी

डिसी नेपाल
२६ कार्तिक २०७५ ४:५३

एजेन्सी। दीपिका पादुकोण १४–१५ नोभेम्बरमा लङ टाइम ब्वाइफ्रेण्ड रणवीर सिंहसँग विवाह गर्दै छिन्। यो बीचमा दीपिकाको एयरपोर्टको फोटो सामाजिक संजालमा भाइरल भएको छ। दीपिका यी फोटोमा सेतो टि–शर्ट, कालो पाइन्ट र कालो हिल लगाएकी छन्। उनले रातो रङको लेदर स्लिंग ब्याग पनि बोकेकी छन्।

दीपिको यो ब्याग वाईएसएल कम्पनीको हो र यसको मूल्य १४५० पाउन्ड पर्छ। यसरी हेर्दा दीपिका जति मूल्यको व्याग लिएर घुमिरहेकी छन्, त्यति मूल्यमा एक व्यक्ति युरोप ट्रिपमा जानसक्छ। दीपिकालाई बलिउडका हाइएस्ट पेड अभिनेत्रीमा गनिन्छ। फिल्म ‘पद्मावत’ का लागि उनले ११ करोड पारिश्रमिक लिएकी थिइन्। दीपिका कुल सम्पत्ति १०२ करोड रुपैयाँ रहेको भारतीय संचारमाध्यमले जनाएकाछन्। दीपिका ह्याण्ड ब्यागको शोशिन हुन्। उनीसँग धेरै ब्राण्डका ह्याण्ड व्याग छन्।

दीपिकाले आफ्नो ११ वर्षको फिल्मी करियरमा २४ फिल्मका काम गरेकी छन्। उनले २००७ मा फिल्म ‘ओम शान्ति ओम’ बाट बालिउडमा डेब्यू गरेकी हुन्।

उनले ‘बचना–ए–हसीनों’, ‘हाउसफुल’, ‘ककटेल’, ‘रेस–२,’ ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू ईयर’, ‘पीकू’, ‘तमाशा’, ‘बाजीराव मस्तानी’ जस्ता फिल्ममा काम गरेकी छन्। अहिले दीपिकासँग कुनै पनि फिल्मको अफर छैन। यद्यपी उनी शाहरुख खानको फिल्म ‘जीरो’ मा क्यामियो भूमिकामा देखिँदै छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *