नेदरल्याण्ड भर्सेस नेपालः १० ओभरमा नेदरल्याण्डको स्लो ब्याटिंग

डिसी नेपाल
४ वैशाख २०७८ १४:०४
48
Shares

काठमाडौं। शनिबार शुरु त्रिकोणीय टि ट्वान्टी क्रिकेटको पहिलो खेल नेपाल र नेदरल्याण्डबीच भइरहेको छ। पहिला बलिंग गरेको नेपालले दोस्रो ओभरमा पहिलो सफलता पाएको छ।

सन्दीप लामिछानेले नेदरल्याण्डका ब्याट्सम्यानलाई स्लिपमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका छन्। तेस्रो ओभरमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। उनले नेदरल्याण्डका सबैभन्दा अनुभवी ब्याट्सम्यान बेन कपोरलाई एलबीडब्ल्यू आउट गरेका छन्। नेदरल्याण्डले तेस्रो ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर १२ रन बनाएको छ।

खेलको पहिलो पावर प्ले सकिँदा नेपालले कसिलो बलिंग गरेको छ। नेपाली बलरले नेदरल्याण्डका ब्याट्सम्यानलाई रन बनाउन दिएका छैनन्। दोस्रो र तेस्रो ओभरमा विकेट गुमाएको नेदरल्याण्डले सम्हालिएर खेलिरहेको छ।

दोस्रो र तेस्रो ओभरमा विकेट प्राप्त गरेको नेपालले त्यसपछि भने विकेट पाउन सकेको छैन। नेदरल्याण्डका ब्याट्सम्यानहरुले खुलेर नखेले पनि नेपालको कमजोर फिल्डिंगको फाइदा उठाइरहेका छन्।

१० ओभरको खेल सकिँदा नेदरल्याण्डले २ विकेटको क्षतिमा ५० रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *