नेदरल्याण्डमाथि नेपालको शानदार जित

डिसी नेपाल
४ वैशाख २०७८ १६:०६
1.0k
Shares

काठमााडौं। शनिबार काठमाडौंमा शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जित हात पारेको छ।

नेदरल्याण्डविरुद्धको उद्घाटन खेलमा नेपालले नेदरल्याण्डमाथि ९ विकेटको जित हात पार्यो। नेपालले १३७ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याएको नेपालका लागि कुसल भुर्तेल र आसिफ शेखले विस्फोटक शुरुआत दिलाएका थिए। उनीहरुले ११६ रनको साझेदारी गरेका थिए। भुर्तेलले ४५ बलमा ६२ रन बनाए। नेपालले औं १५ ओभरमा एक विकेट गुमाएर सहजै लक्ष्य प्राप्त गरेको थियो। आसिफ शेखले ५४ रन बनाए।

त्रिवि मैदानमा नेपालले टस जितेर नेदरल्याण्डलाई पहिला ब्याटिंगको निम्तो दिएको थियो। नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो। नेदरल्याण्डका ब्याट्सम्यानले स्लो ब्याटिंग गरे पनि अन्तिम दुई ओभरमा २७ रन जोड्दै सम्मानजनक स्कोर बनाए।
नेपालका लागि सन्दीप लामिछानेले २, सोपाल कामी र साहाब आलमले १ १ विकेट लिएका थिए। आलम निकै महंगो भए। उनले ४ ओभरमा ४५ रन दिएका थिए। प्रतियोगितामा अर्को टिम मलेसिया सहभागी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *