फ्लोर क्रस गर्ने एमालेका ३ जना पुरस्कृत, बने मन्त्री
काठमाडौं। फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको कर्णाली सरकार जोगाउने एमालेका ३ जना सांसदहरु पुरस्कृत भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रिपरिषद विस्तार गर्दै एमालेबाट फ्लोर क्रस गर्ने तीनजनालाई मन्त्री नियुक्त गरेका छन्।
शनिबार अबेर विस्तारित मन्त्रिपरिषद्मा तीनजनाको नाम समावेस गरिएको छ। मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीलाई नियुक्त गरेका छन्।
यो सरकारमा काँग्रेस पनि जाने बताइए पनि शनिबार विस्तारित मन्त्रिपरिषद्मा काँग्रेस भने सहभागी भएको छैन। शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मतको पक्षमा एमालेका ४ जनाले मत दिएपछि उनको सरकार जोगिएको थियो। फ्लोर क्रस गर्ने सांसदहरुलाई एमालेले पार्टीबाट निश्कासित गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment