हैदरावादको लगातार तेस्रो हार

डिसी नेपाल
४ वैशाख २०७८ २३:४०
224
Shares

काठमाडौं। आईपीएलको शनिबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हात पारेको छ। १५१ रनको लक्ष्य पछ्याएको हैदरवाद अन्तिम ओभरमा १३७ रन बनाएर अलआउट भयो। उसले अन्तिम पाँच विकेट पछिल्ला दुई ओभरमा गुमाएको थियो। मुम्बईले लगातार दोस्रो खेल जित्नेक्रममा हैदरावादमाथि १५ रनको जित निकाल्यो।

जवाफी ब्याटिंग गरेको हैदरावादका लागि जोनी बेयरस्टो र डेबिड वार्नरले बलियो शुरुआत दिलाए पनि जित दिलाउन सकेनन्। हैदरवादका तीन खेलाडी रनआउट हुँदा मुम्बईले हार नजिक पुगेर पनि खेलमा जित हात पारेको हो।

जारी प्रतियोगितामा लगातार दुई खेल जितको मुम्बई ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार तीन हार व्यहोरेको हैदरावाद खाता नखोलेरै अंक तालिकाको पुछारमा छ। आइतबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *