चैतदशैँका लागि कर्णालीमा आज सार्वजनिक बिदा

डिसी नेपाल
७ वैशाख २०७८ ९:२६

कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ। प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *