चुनाव जितेको भोलीपल्ट राष्ट्रपतिको हत्या
काठमाडौं । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको अर्को दिन उत्तरी चाडमा रहेका सेनाहरूलाई भेट्न गएका ६८ वर्षीय डेबीको हत्या भएको चाडको सेनाले जानकारी दिएको छ ।
सन् १९९०मा सत्तामा आएका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबारमात्रै भएको थियो। लिबियाबाट आएका विद्रोहीहरूसँग झडप भइरहेको ठाउँमा पुगेका राष्ट्रपति डेबीको मृत्यु कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। राष्ट्रपतिको हत्या भएपछि सैनिक परिषदले आउँदो १८ महिनाका लागि सरकार चलाउने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment