१५३ अधिकृत क्याडेट दीक्षित

डिसी नेपाल
९ वैशाख २०७८ २१:०२
128
Shares

काठमाडौं। नेपाली सैनिक प्रतिष्ठानमा संचालन भइरहेको सिसं ५९ अधिकृत क्याडेट तालिममा तालिमरत शिक्षार्थीहरु बिहीबर दीक्षित भएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, प्राध्यापकहरु, रथीवृन्द र अधिकृतहरुको समेत उपस्थितिमा भएको उक्त दिक्षान्त समारोहमा पुरुष अधिकृत क्याडेट १२९, महिला अधिकृत क्याडेट २४ र विदेशी अधिकृत क्याडेट ४ जना (केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंका) गरी १५३ जना शिक्षार्थीहरु दीक्षित भएका छन्।

समारोहमा दिक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न सफलता मिलोस भन्‍ने शुभकामना दिए।

उक्त समारोहमा शैक्षिक अध्यापन तर्फ प्रथम, द्धितिय, तृतिय हुने र एकेडेमीको विभिन्न विधामा उत्कृष्ट अंक हासिल गर्ने अधिकृत क्याडेटरुलाई पुरस्कार समेत वितरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *