सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ

डिसी नेपाल
१० वैशाख २०७८ १७:४२
28
Shares

कपिलवस्तु। प्रहरीले कपिलवस्तुबाट २ जनालाई पक्राउ गरेको छ। सुन जस्तो देखिन पहेँलो धातुसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका ५ का २० वर्षीय हरिचन्द यादव, २७ वर्षका विनोद कुमार तिवारी रहेका छन्। उनीहरुलाई कपिलवस्तु नगरपालिका १ शिव मन्दिर टोलबाट पक्राउ गरिएको हो।

उनीहरुको साथबाट १९ ग्राम ३० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो धातु, १ थान सिक्रि, र १ थान चाँदी जस्तो देखिने डल्लो भेटिएको प्रहरीले जनाएको छ।

नक्कली सुन विक्रीगर्न हिडेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरीकार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातुसहित उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *