नेपालभन्दा पूर्वको भारतमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, नेपालमा समेत धक्का
काठमाडौं। नेपालभन्दा पूर्वको भारतीय क्षेत्रमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतको नेशनल सेन्टर सेन्टर फर सिस्मोलोजीका अनुसार यो भूकम्प आज बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेटमा गएको थियो । यसको केन्द्र असम राज्यको सोनितपुरमा भएको बताइएको छ । यो धक्काबाट उत्तर पूर्वी भारत र पश्चिम बंगालको उत्तरी क्षेत्रमा समेत तीब्र धक्का महसुस गरिएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । भूकम्पको धक्का पश्चिम बंगालको उत्तरी क्षेत्र दाजिर्लिङसहित नेपालको सीमावर्ती क्षेत्रसम्म महसुस गरिएको स्थानीयले बताएका छन् । असमका मूख्यमन्त्री सर्वानन्द सोनोवालले जनता सुरक्षित हुने प्रार्थना गर्दै सबैलाई सतर्क रहन अपिल गरेका छन् ।
भूगर्भ वैज्ञानिकका अनुसार टेक्टोनिक प्लेटमा तब्रि हलचलका कारण भूकम्प जान्छ । यसबाहेक उल्का प्रभाव र ज्वालामुखी पनि भूकम्पका कारण हुन् । वैज्ञानिकका अनुसार ६ भन्दा अधिक तीब्रताको भूकम्प निकै शक्तिशाली मानिन्छ ।







डिसी नेपाल








Facebook Comment