२४ घण्टामा करिब ५ हजार संक्रमित, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा करिब ५ हजार कोरोना संक्रमणका केस पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन्। योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment