उदाहरणीय स्थानीय सरकार सञ्चालनले पार्कैपार्कको नगर बन्दै धुलिखेल

तर्कबहादुर थापा
१६ वैशाख २०७८ १३:५२

काठमाडौं। दुई दशक पहिलाको गीत ‘घुम्न जाउँ घुम्न जाउँ घुम्न धुलिखेल…’ आज आएर चरितार्थ भएको छ। धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुको दीर्घकालीन सोचले धुलिखेलमा करिव ३५ वटा पार्कहरु निर्माण भएका छन्। एक वडामा ५ पार्क निर्माणको लक्ष लिएइएको नगरमा ठूलासाना गरी ३५ पार्क सम्पन्न भएका छन्।

सरस्वती पार्क, बुद्धशान्ति पार्क, देविस्थान पार्क, बलभद्र पार्क, पृथ्वीनारायण शाहको शालिक सहितको पार्क, मनोरञ्जन पार्क, फसकोटमा रहेको बुद्धपार्क, भट्टेडाँडाको सौर्यदय पार्क, मदनभण्डारी स्मृतिपार्क, वालमैत्र िपार्क, बखुण्डोलको बुद्धपार्क र राजनकोइराला स्मृतिपार्क लगायतका थुप्रै पार्कहरु नगरपालिका भित्र देख्न पाइन्छन्।

५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकामा १२ वटा वडा रहेका छन्। साविकका देविटार, रविओपी, धुलिखेल, शारदा बतासे, पात्लेखेत, शंखुपटिचौर गाउँ विकास समिति मिलेर बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित हुँदै आएको छ।

गौतम बुद्धको मूर्ति स्थापना गरिएको शान्ति पार्कले साच्चिकै मान्छेको मनमा शान्ति ल्याइदिन्छ। घना जंगलकोबीचमा रहेको शान्ति पार्कले देवीस्थान डाँडा उक्लिने हरेक पर्यटकको थकानलाई बिसाउँछ। हरेक वाह्य तथा आन्तरिक पर्यटकको थकान मेटाउँदै देविस्थानको लागि प्रस्तान गर्न अनुरोध गर्दछ।

आफूसँग भएको थकानलाई शान्ति पार्कमा छोड्दै पर्यटकहरु फेरि हजार सिँढी उक्लिन सुरु गर्छन्। शहरी जीवनमा उकुसमुकुस भएका हरेक एकले घना जंगलकोमा अक्सिनमात्र प्राप्त गर्दैनन्, शहरको कोलाहलबाट पनि मुक्ति पाउँछन्। उकालोमा पनि स्वर्गको अनुभूति गर्दै छिटोछिटो अक्सिजन र कार्वन्डाइअक्साई बाडिचूडि गर्दै पुगिन्छ देवीथान्।

हजार सिडिको टुप्पोमा पुगेपछि मोटरबाट पुगेकाहरुसँग जम्काबेट हुन्छ। देब्रेतफ देवीस्थान डाँडापर्छ भने दाइनेतर्फ बलभद्र कुवरको पार्क जाने बाटो छ। हामी अहिले देविस्थान थर्फ लाग्दै छौं। विहानै नगरपालिकाको सरसफाइ गर्ने गाडी पुग्छ, सरसफाइ गरिन्छ।
पृथ्वीनारायण शाहको शालिकले देविस्थान जाने जो कोहीको स्वागत गरेको देखिन्छ। सिँढी उक्लिएपछि कोटकी कालिका देवीको पाउ स्पर्ष गर्नु पूर्वनै पृथ्वी नारायण शाहको शालिकले उर्जा प्रदान गर्छ। आज नेपाली हाैं भन्ने अनुभूति गराउँछ।

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नेबेला सेना राखेको ठाउँ र एकीकरण सम्पन्न भएपछि देवीको मन्दिर स्थापना गरेको देविस्थान पार्कको रेखदेख गर्ने प्रज्वन रानाभाटको भनाइ छ।

देवीले सोचेको पुर्याउने भएका कारण देविथानमा दर्शन गर्न आएको स्थानीयको भनाइ छ। रानाभाटले पनि पृथ्वी नारायण शाहको सोचेको कुरा कोटकी देवीले पुर्याएकी र नेपाल एकीकरण सम्भव भएको बताए।

पृथ्वी नारायण शाहको शालिक सहितको देविस्थान पार्क करिव साडे ९ करोडको लगानीमा बन्ने नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुको भनाइ छ। जनताको प्रमुख आवश्यक्ता विकास भएको बताउँदै ब्याजुले भने, ‘जनताले विकास चाहेका हुन्छन्। हाम्रो नगरपालिकाको बनावट साच्चिकै आर्कषक छ। देवीस्थान डाँडाबाट देखिने हिमश्रृङ्खलाहरुले पर्यटक आकर्षक गर्छ। धुलिखेल आएको पर्यटकलाई केहीदिन यतै बस्न अभिप्रेरित गर्ने उद्देश्यले पनि हामीले स्थानीय स्तरमै पार्कहरु निर्माण गर्ने गरेका छौं।’

देवीस्थान पार्कको नजिकै छ चुच्चे ढुङ्गा। चुच्चे ढुङ्गामा पनि सेल्फी खिच्ने र टिकटक बनाउँनको घुइँचो देखिन्छ। कालिका मन्दिर परिषरबाट उत्तर तर्फ फर्किने हो भने दाँच जस्तै लहरै मिलेका हिमश्रृङ्खलारु देख्न पाइन्छ। मनास्लू, लमजुङ, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरूले कसको मन लोभ्याउँदैन र कसलाई देविको परिषरमा बसि हिमालयहरु देख्न मन नलाग्ने होला र?

नेपाली वीरताको कुरा गर्दा बलभद्र कुँवरलाई विर्सिन सकिदैन। काभ्रेमै बलभद्रको जन्म भएकाले पनि नगरपालिकाले बलभद्रको पूर्ण कदको शालिक सहितको पार्क निर्माण गरेको छ।

देवीस्थान, चुच्चेढुङ्गा, पृथ्वीनारायण शाहको शालिक भएको पार्क, बलभद्र कुवरको शालिक भएको पार्क र त्यहाँबाट देखिने धुलिखेल नगर, हिमश्रृङ्खलाहरु हेर्ने धोको कहिलै मेटिँदैन।

सूर्यको किरण धरतिमा पर्ने बेलाको अद्भूत दृष्य हेर्न सौर्यदय पार्क जाने गर्छन धुलिखेल पुग्ने पर्यटक। बाटोको छेउमै पर्ने सौर्यदय पार्कबाट देखिने जंगलले अझै पर्यटकलाई एक पटक बसेर थकान मार्न अनुरोध गरिरहेको देखिन्छ। त्यो बाटो ओहोरदोहोर गर्नेहरु समय मिलाएरै भए पनि बस्छन्, एक पटक त्यहाँबाट देखिने दृष्यावलोकन गर्छन।

राष्ट्रपति विद्यादेवी भण्डारीका श्रीमान नेपाली कम्युनिष्टले श्रदापूर्वक हेर्ने नेता मदन भण्डारीको सम्मानमा त्यहाँ मदन भण्डारी पार्क बनाइएको छ। नगरपालिकाले हरेक ठाउँमा झै त्यो सार्वजनिक ठाउँलाई पनि प्रयोग गर्दै नगरपालिकाले पार्कको निर्माण गरेको हो।

त्यहाँबाट नमोबुद्ध जाने बाटोहुँदै नयाँ खनेको धुलाम्यबाटो भएर पुगिन्छ, वडा नं. १० मा रहेको बुद्ध पार्क। अधिकांश तामाङवस्ती भएको उक्त वडामा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई मध्येनजर गरी बुद्धपार्क बनाएको वडाअध्यक्ष पुष्पराज राउतको भनाइ छ।

धुलिखेलको हरेक वडामा बन्ने पार्कहरुले त्यहाँको सौन्दर्यतालाई मात्र बढाएको छैन, आन्तरिक तथा वाह्य पर्यटकलाई समेत आकर्षि तगरेको पाइन्छ।

हरेक वडामा भएका पार्कहरुले धुलिखेलको पर्यटन व्यवसाय पनि फस्टाउने क्षेत्रीय होटल एसोसियसन काभ्रेकी ज्योत्सना सैजुको भनाइ छ। दिन भरी धुलिखेल नगरभित्रका साना तथा ठूला पार्कहरुमा आफ्नो उपस्थिति गराउन पर्यटकलाई कम्तिमा २ दिन स्टे गर्नु पर्ने हुन्छ। सैंजुले भनिन्, ‘धुलिखेलमा आउने पर्यटकले कम्तिमा दुई दिन स्टे गरेपछिमात्र यहाँको हरेक पार्कहरुको भर्मण गर्न सकिन्छ। नगरपालिकाले गरेको उक्त कार्यबाट धुलिखेलको पर्यटन व्यवसाय फस्टाउने मैले विश्वास लिएकी छु।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *