शिक्षामन्त्री उपस्थित कार्यक्रममा न सामाजिक दूरी न मास्क

डिसी नेपाल
१७ वैशाख २०७८ १६:२८
136
Shares

काठमाडौं। देशमा कोरोना भाइरसबाट दिनहुँ हजारौंको संख्यामा संक्रमित र दजर्नौको संख्यामा मृत्यु हुन थालेपछि सरकारले कडा स्वास्थ्य मापदण्ड लागु गरेको छ। तर, ती मापदण्ड भने सरकारकै मन्त्रहिरुले धज्जी उडाउँदै आएका छन्।

स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अगाडि धुमधामका साथ धरहराको उद्घाटन गरेका थिए भने बालुवाटारमा पार्टीको बैठक गरेका थिए।

यसैबीचमा शुक्रबार शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ सहभागी रहेको एक कार्यक्रममा पनि स्वास्थ्य मापदण्डको पालना गरिएन।

कार्यक्रम थियो, सानोठीमीस्थित सीटीईभीटी अन्तर्गत स्थापित प्राविधिक तालिम केन्द्र, ट्रेनिंग इन्ष्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन टीआईटिआईको नवनिर्मित भवनको भर्चुअल उद्घाटन। प्रधानमन्त्री ओलीले बालुवाटारबाटै सो भवनको भर्चुअल उद्घाटन गरे पनि फिल्डमा शिक्षामन्त्री श्रेष्ठ सहभागी थिए। कार्यक्रममा मन्त्री श्रेष्ठसहितका अतिथिहरुले एक सामूहिक तस्वीर खिँचाए। उनीहरुको मुखमा न मास्क छ न त उनीहरुले दूरी नै कायम गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *