अनलाइन नेपाली जोक्स प्रतियोगिताको पहिलो अडिसन सुरु
काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको पहिलो अडिसन सुरु भएको छ । २५ जना प्रतिस्पर्धी रहेको पहिलो चरणबाट दोस्रो चरणका लागि उत्कृष्ट १२ प्रतिस्पर्धी छानिने छन । प्रतियोगिताबाट हरेक हप्ता २ जना प्रतिस्पर्धीलाई बिदा गर्दै निर्खार्दै लैजाने योजना रहेको रिदम स्क्रिनका निर्देशक कमल राईले बताए । पहिलो चरणको अडिसनको करिब १ घण्टा लामो भिडियोमा झापाका मनिष आचार्य, सिन्धुपाल्चोकका मनिष भण्डारी, काठमाडौँका मनिष भण्डारी, मोरङका मनोज पराजुली, मुस्कान गौतम, सिक्किमका नन्दु कुमार शर्मा रहेका छन् । त्यस्तै अन्य प्रतिस्पर्धीहरुमा निशाल अर्याल, निटराज खतिवडा, प्रविन खड्का, प्रदिप पाण्डे, प्रकाश पाण्डे, सुलभ भट्राई, टेक साउद, अनिल राई, अनुप बराल, अर्जुन पुन मगर, विश्व राई, दिक्षन्त श्रेष्ठ, इभान खड्का, किसान तामागं, कृष्ण आचार्य, लक्ष्मण गिरी, माधव भट्राई, महेश खनाल, रहेका छन् ।
जुलाईमा फाइनल हुने प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ हैट, अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् । रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताका भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई सर्मथकका रुपमा पुरस्किृत गर्ने जनाएको छ । निर्देशक राईका अनुसार सामाजिक संजालमा रमाइलो जोक्सका भिडियो सेयर गर्ने सर्मथकहरुमध्ये २ जनालाई नगद रु ५–५ हजारका दरले पुरस्कृत गरिनेछ ।
त्यस्तै बेस्ट पर्फमरलाई रु १० हजार र आर्कषक उपहार उपलब्ध गराइनेछ भने प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ३ लाख , २ लाख र १ लाख नगद उपलब्ध गराइने निर्देशक राईले जानकारी दिए । कोरोनाको समयमा विश्व नै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भए पनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राई बताए ।







डिसी नेपाल








Facebook Comment