आगामी आर्थिक वर्षदेखि मजदुरको पारिश्रमिक १ हजार ५ सय ५० बढाउने प्रधानमन्त्रीको घोषणा (भिडियाेसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो आर्थिक वर्षबाट श्रमिकको तलब न्यूनतम १५ हजार पु¥याउने घोषणा गरेका छन्। १३२औँ अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा सन्देश जारी गर्दै उनले श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि नै लागुहुने गरी १५ हजार पु¥याइने घोषणा गरेका हुन्।
श्रमिक क्षेत्रको कानूनी विभेदलाई पनि अन्त्य गरिएको प्रधानमन्त्री ओलीको दाबी थियो। बैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि सम्बन्धित देशसँग श्रमसम्झौता गरिएको उनको भनाइ छ।
सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएतका व्यवस्था देशभित्र गरिएकोले मजदुरको सुरक्षा भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment