भोलिदेखि एक हप्ताका लागि धुलिखेल नगरपालिकाको सेवा बन्द हुने
काठमाडौं। नगरपालिका भित्र कोरोनाका संक्रमित भेटिन थालेपछि धुलिखेल नगरपालिकाले १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। नगरप्रमुख अशोक कुमार ब्याञ्जुले डिसीनेपालसँग कुरा गर्दै १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए।
विश्वमा फैलिएको कोरोना महामारीको दोश्रो लहर नेपालमा पनि फैलिइरहेको छ। ‘धुलिखेल नगरपालिका भित्र पनि १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोकथाम तथा नियन्त्रणका लागि सेवा बन्द गरिएको हो।’ नगर प्रमुख ब्याञ्जुले भने, ‘यो बीचमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र कोरोना महामारीका विरुद्ध लाग्नका लागि पनि सेवा बन्द गरिएको हो।’
नगरको तर्फबाट सूचना पनि प्रकाशित गरेर सेवा बन्द हुँदा नगरबासीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षेमा प्रार्थी भएको जनाइएको छ। सूचनामा भनिएको छ, ‘डिसीसीएमसी काभ्रेको बैशाख १८ गतेको निर्णयलाई आधार मानी बैशाख २० गतेदेखि लागु हुने गरी १ हप्ताका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment