मुख्यमन्त्री पोखरेलद्वार दोस्रो पटक मन्त्रिपरिषद विस्तार
काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेपछि पहिलो पटक मन्त्रिपरिषद विस्तार गरेका उनले सोमबार दोस्रो पटक विस्तार गरेका हुन्।
उनले सोमबार जसपाबाट कारबाहीमा परेकाहरुलाई पुनर्नियुक्ति गरेका छन्। शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्री यिनुक्त गरेका हुन्।
उनीहरु दुवै जसपाबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन्। सोमबार थप गरिएसँगै मन्त्रिपरिषद ७ सदस्यीय भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment