फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिबन्ध नहटाउने !
काठमाडौं । सामाजिक संजाल फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि लगाएको प्रतिबन्ध नहटाउने भएको छ । फेसबुकले गठन गरेको निरिक्षण बोर्डले बुधबार ट्रम्पमाथि लगाइएको प्रतिबन्धको समर्थन गरेको छ । तर उक्त प्रतिबन्ध अनिश्चितकालिन भने नगराउन सुझाव दिएको छ ।
बोर्डले बुधबार ट्रम्पको अकाउन्टमाथि लगाइएको अनिश्चितकालिन प्रतिबन्ध उचित नभएकाले उचित प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। यस्तै उक्त बोर्डले अकाउन्टको स्थितिबारे अन्तिम निर्णय दिन ६ महिनाको समय दिएको छ । फेसबुकले गत जनवरीमा डोनाल्ड ट्रम्पलाई अनिश्चिताकालिन प्रतिबन्ध लगाएको थियो । ट्रम्प अमेरिकी राष्ट्रपति पदमा रहँदा अमेरिकी संसद भवन क्यापिटल हिल्समा उनका समर्थहरुले आक्रमण गरेका थिए ।
उक्त आक्रमण ट्रम्पको उक्साहटमा भएको भन्दै चौतर्फी विरोध भएको थियो । फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालले ट्रम्पलाई प्रतिबन्ध लगाएका छन् ।
्र







डिसी नेपाल








Facebook Comment