बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल
फाइल फाेटाे
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट गरे ।
“निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडाँैंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारवाही हुन्छ ।”
सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment