ह्याम्स र केएमसीले बुझाए स्पष्टीकरण

डिसी नेपाल
२३ वैशाख २०७८ २२:३९
172
Shares

काठमाडौं। ह्याम्स अस्पताल र केएमसीले कोरोना संक्रमित विरामीसँग चर्को शुल्क असुलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। बिहीबार दुबै अस्पतालले स्पष्टीकरण दिँदै सरकारसँग भएको सम्झौताभन्दा धेरै शुल्क नलिएको दावी गरेका छन्।

यी दुई अस्पतालले ५० हजार र ३० हजार एकरातको एक बेडको चार्ज शुल्क तोकेका विवरणहरु प्राप्त भएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बुधबार स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ दिँदै दुबै अस्पतालले सरकारले तोकेभन्दा धेरै शुल्क नलिएको दावी गरेका छन्। अझ केएमसीले त कोरोना विरामीको निःशुल्क उपचार गरेकोसमेत दावी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *