बिरामी बोकेको एयर एम्बुलेन्स उड्नेबित्तिकै पाङग्रा भाँचिएर भुइँमा खस्यो

डिसी नेपाल
२४ वैशाख २०७८ ८:५६

काठमाडौं। बिरामी बोकेर नागपुरबाट हैदराबाद जान लागेको एक एयर एम्बुलेन्स विमानस्थलबाट उड्नेबित्तिकै बिमानको एउटा पाङग्रा भाँचिएर भुइँमा खस्यो । अचानक अप्रत्याशित घटना भएपछि विमानलाई मुम्बइ डाइभर्ट गरियो । विमान टेकअफको क्रममा टायर भाँचिएर खसेपछि विमानस्थलमा त्रासको वातावरण सृजना भयो । विमानलाई भने सुरक्षित रुपमा आकस्मिक अवतरण गराइएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार सी–९० एयरक्राफ्ट नागपुरबाट हैदराबाद जानुपर्ने थियो । एयर एम्बुलेन्समा २ क्रु सदस्य, एक डाक्टर र बिरामी गरी कूल ५ जना थिए । विमान जब नागपुरबाट टेकअफ भयो त्यसपछि विमानमा समस्या आउन थाल्यो । नागपुर विमानस्थलमै टेकअफको क्रममा विमानको एउटा टायर छुट्टिएर जमिनमा खसेको थियो ।

यसबारे थाहा भएपछि पाइलटले सुझबुझपूर्ण रुपमा विमानको ‘बेली ल्याण्डिङ’ (अगाडिको टायरले जमिनमा नटेक्ने गरी) गर्ने फैसला गरे । उनले समय छँदै विमानलाई मुम्बइ विमानस्थलमा सुरक्षित अवतरण गराए । हैदराबाद लैजान लागिएका बिरामीलाई मुम्बइकै एक अस्पतालमा भर्ना गरिएको छ । विमानमा भएका सबै जना सुरक्षित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *