६ कक्षाकी छात्राले झोलामा बन्दुक लगेर स्कुलमा ३ जनालाई गोली हानिन्, शिक्षिकाले बन्दुक खोसिन्

डिसी नेपाल
२४ वैशाख २०७८ १०:२६

काठमाडौं । अमेरिकाको इडाहोमा ६ कक्षाकी एक छात्राले आफ्नो झेलामा हालेर बन्दुक स्कुलमा लगेर स्कुलमा ३ जनालाई गोली हानेकी छिन् । बिहीबार ती छात्राले गोली हान्दा २ जना विद्यार्थी र स्कुलका केयरटेकर घाइते भएका छन् । एक शिक्षिकाले ती छात्राको हातबाट बन्दुक खोसेकी थिइन् । ती तीन जनालाई खुट्टामा गोली लागेको र उनीहरु बाँच्ने अपेक्षा गरिएको समाचार एजेन्सी एपीले जनाएको छ

जेफरसन काउन्टी सेरिफ स्टिभ एन्डरसनका अनुसार ती छात्राले स्कुलमा आफ्नो पछाडि बोक्ने झोलाबाट बन्दुक निकालेर रिग्बी मिडिल स्कुल परिसर भित्र र बाहिर कैयौं राउण्ड फायर गरेकी थिइन् । रिग्बी नामको यो सानो सहर येलोस्टोन राष्ट्रिय निकुञ्जबाट १४५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । एक शिक्षिकाले ती छात्राको बन्दुक खोसेर सुरक्षाकर्मी नआउँदासम्म उनलाई नियन्त्रणमा राखेकी थिइन् ।

अधिकारीहरुले छात्राले गोली हान्नुको कारण र उनले कहाँबाट बन्दुक पाइन् भन्ने विषयमा जाँच भइरहेको बताएका छन् । ‘अहिले हामीसँग यो घटनाको कारणबारे धेरै विवरण छैन र अनुसन्धान भइरहेको छ’ एन्डरसनले भने ‘हामीले सम्भावित लिडहरु पच्छ्याइरहेका छौं ।’ ती छात्रा नजिकैको इडाहो फल्सकी हुन् । उनको नाम सार्वजनिक गरिएको छेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *