८ दशमलव ५ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गदै एनएमबि बैंक

डिसी नेपाल
२५ वैशाख २०७८ १०:२१

काठमाडौं। एनएमबि बैंकले जेठ २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको जनाएको छ। एनएमबिले १० वर्ष अवधिको ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७÷८८’ जारी गर्न लागेको हो। यसमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ।

बैंकले निश्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *