मन्त्रिपरिषद बैठकः वीर अस्पतालको नयाँ भवनमा युनिफाइड कोभिड–१९ अस्पताल सञ्चालन गर्ने निर्णय
काठमाडौं। वीर अस्पतालको नयाँ भवनबाट युनिफाइड कोभिड–१९ अस्पताल सञ्चालन गरिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले युनिफाइड कोभिड–१९ अस्पताल सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
वीर अस्पतालको नयाँ भवनबाट आइतबारदेखि नै सेवा दिन शुरु गरिनेछ। त्यसका लागि सम्पूर्ण तयारीहरु पूरा भइसकेको छ। देशमा कोरोना महामारीको अवस्था भयावह भएको अवस्थामा सरकारले सो निर्णय गरेको हो। शनिबारमात्र देशमा ५३ जनाको मृत्यु भएको र ८४१८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment