टोनह्याम च्याम्पियन्स लिग रेसबाट बाहिरियो, लिड्ससँग ३ – १ गोल अन्तरले पराजित

डिसी नेपाल
२५ वैशाख २०७८ १९:१८
56
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा नव प्रवेशी क्लव लिड्स युनाइटेडसँग पराजित भएसँगै टोटनह्याम हट्सपरको च्याम्पियन्स लिग छनोटको सम्भावना सकिएको छ।
शनिबार सम्पन्न खेलमा घरेलु टोली लिड्ससँग ३ – १ गोल अन्तरले पराजित भएसँगै टोटनह्यामको च्याम्पियन्स लिग छनोटको सम्भावना सकिएको हो।

लिड्सले पहिलो हाफको १३ औं मिनेटमा स्टुअर्ट डालसको गोल मार्फत अग्रता १ – ० को अग्रता लिएको थियो। त्यस्तै पहिलो हाफको २५ औं मिनेटमा टोटनह्यामका सन् ह्युङ मिनले गोल गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। पहिलो हाफको ४२ औं मिनेटमा प्याट्रिक वामफोर्डले गोल गर्दै लिड्सलाई २ – १ को अग्रता दिलाए। खेलको ८२ औ मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सलाई ३ – १ गोलको जित दिलाए।

लिग तालिकाको छैटौँ नम्बारमा रहेको टोटनह्यामले च्याम्पियन्स लिग जित्नका लागि बाँकी रहेका सबै खेल जित्नु पर्ने दवावमा थियो। तर, लिड्ससँग ३ – १ को हार बेहोरेसँगै टोटनह्याम च्याम्पियन्स लिग छनोटको रेसबाट बाहिरिएको हो।

टोटनह्यामको ३५ खेलमा ५६ अंक छ। यस्तै अंकतालिकाको नवौं स्थानमा रहेको लिड्सले समान खेलबाट ५० अंक जोडेको छ।

आज म्यानचेस्टर सिटीले उपाधिको लागि राती १० ः१५ बजे चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *