सगरमाथाको क्याम्प ३ मा पुगे बहराइनी राजकुमार

डिसी नेपाल
२६ वैशाख २०७८ १७:४२

काठमाडौं। सगरमाथा आरोहण अभियानमा रहेका बहराइनका राजकुमार सगरमाथाको क्याम्प ३ मा पुगेका छन्। राजकुमारसहितको १६ सदस्यीय टोली बेसक्यामबाट क्याम्प ३ मा पुगेको सो अभियानमा रहेका एकजनाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोलीले क्याम्प ३ मै आइतबारको रात बिताउने छ। उनीहरु मे ११ मा सगरमाथा चढ्ने योजनासहित क्याम ३ मा पुगेका हुन्।

हाल क्याम ३ मा रहेका उनीहरुले मे १० मा साउथ पोल, र मे ११ मा सगरमाथा चढ्ने योजना रहेको छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चैत २८ मा बेस्क्याम पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *