गण्डकी प्रदेशको राजनीति रोचक मोडमा

सम्भव सिंह ठकुरी
२९ वैशाख २०७८ १२:१७

काठमाडौं। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा अविश्वासको प्रस्ताव सामना नगरी पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी सहभागी सरकार बन्ने तयारी भएको थियो। कांग्रेस र माओवादीको गठबन्धनलाई राष्ट्रिय जनमोर्चाले पनि समर्थन गर्ने निर्णय गरेपछि मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री गुरुङले बैशाख २७ मा विपक्षी गठबन्धनले संसदमा पेश गरेको अविश्वासको प्रस्तावको सामाना गर्नुपर्ने थियो। तर उनले अघिल्लो दिन २६ गते नै राजीनामा दिई नयाँ सरकार गठनको बाटो खुला गरिदिएका थिए।

प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न दिएको समयसीमा आज सकिँदैछ। नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई हस्ताक्षरको बहुमत पुर्याउन सकस परेको छ।

ठूलो दलको नेताको हैसियतले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङनै दोहोरिने सम्भावना बढेर गएको छ। यसका लागि पनि गुरुङले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ। अहिलेको यो राजनीतिक समिकरण अनुुसार गुरुङले फेरि विश्वासको मत लिनलाई भने ठूलै कसरत गर्नुपर्छ।

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा मत हाल्न तयार भएका जनमोर्चाका सांसद कृष्ण थापामगरले एकाएक नयाँ गठबन्धनका मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा स्वीकार नगर्ने र विपक्षी गठबन्धनको सांसद हस्ताक्षर संकलनमा हस्ताक्षर नगर्ने भएपछि गण्डकी प्रदेशको राजनीति थप रोचक मोडमा पुगेको छ।

यद्यपि जनमोर्चाकी संसदीयदलका नेता पियारी थापाले आफ्ना सबै सांसदहरुलाई विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न ह्वीप जारी गरिसकेकी छिन्।

कुल ६० सांसद संख्या भएको सो प्रदेशमा बहुमतका लागि ३१ सांसद चाहिन्छ, त्यसकारण गठबन्धनको सरकार बनाउने निर्णायक शक्तिका रुपमा रहेका सांसद थापाले आज दिउँसो ४ बजेसम्म पनि हस्ताक्षर गरेनन् भने विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहितको सरकार दावी गर्न नसकेको अवस्थामा संविधानको धारा १६८ (२) बमोजिम अर्को सरकार गठन हुने व्यवस्था छ।

सो व्यवस्था अनुुसार ठूलो दलको नेताको हैसियतले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङनै दोहोरिने सम्भावना बढेर गएको छ। यसका लागि पनि गुरुङले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ। अहिलेको यो राजनीतिक समिकरण अनुुसार गुरुङले फेरि विश्वासको मत लिनलाई भने ठूलै कसरत गर्नुपर्छ।

आज दिउँसो ४ बजेसम्म पनि जनमोर्चाका सांसद थापा मगरले हस्ताक्षर गरेनन् भने राजनीतक दल सम्बन्धी ऐन २०७३ अनुसार कानूनले आफ्नो दलको निर्णय नमान्ने सांसदलाई सांसद पद नरहने गरी पार्टीबाट निष्काशन सम्म गर्न सक्ने व्यवस्था छ।

आज दिँउसो ४ बजेसम्म पनि उनले हस्ताक्षर नगरेको खण्डमा गठबन्धनबाट प्रस्ताव भएका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनका लागि संसद सचिवालयमा प्राप्त हुने गरी थापालाई निलम्वन गर्नु पर्ने हुन्छ।

तर जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी पार्टीको निर्देशन अनसार थापाले आज हस्ताक्षर गर्नेमा विस्वस्त छन्। उनी भन्छन्, ‘संसदीय अभ्यासमा राजनीति गर्ने व्यक्तिलाई पार्टी भन्दा ठूलो अरु हुँदैन त्यसकारण उहाँले पार्टीको निर्देशन मान्नु पर्छ र मान्नु हुन्छ भन्नेमा आशावादी छु।’

प्रदेश संसदीय दलकी नेता पियारी थापा पनि संसदीय व्यवस्थामा व्यक्ति भनेको गौण र दल प्रधान हुने भएकाले सांसद थापा मगर पार्टीको निर्देशन विपरित जान नहुने बताउँछिन्।

‘उहाँले आजै चारबजेभित्र हस्ताक्षर गर्नुहुन्छ र नयाँ सरकार गठन हुन्छ,’ उनले भनिन्। यदि सांसद थापामगरले पार्टीको निर्देशन विपरित काम गरेको खण्डमा पार्टीबाट कारबाही हुने उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *