सय बेडमाथिका अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेडमाथिका निजी तथा सामूदायीक अस्पताललाई १५ दिन भित्र आफैँ अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार बसेको बैठकले उक्त निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। यसका लागि मन्त्रालयले सहजीकरण गर्ने पनि उनले बताए ।
केही दिनयता देशभरका निजी अस्पतालहरूले अक्सिजनको हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न हात उठाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment