काठमाडाैं जिल्ला अदालतमा कार्यरत न्यायधीशकाे काेराेनाका कारण मृत्यु

डिसी नेपाल
३० वैशाख २०७८ ८:५९
1.1k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीशको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बैशाख २९ गते टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा न्यायाधीश बासुदेव लाल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।

कोरोनाको दोश्रो लहर आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा बृद्धि भइरहेको छ। सरकारको तथ्यांक अनुसार हालसम्म ४ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्।

देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि ज्यान जानेको संख्या बढ्न थालेको हो। हालसम्म नेपालमा १ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *