नागेन्द्र र हिरा काजीको सहकार्यमा सुजाताको स्वरमा तयार भयो मिठो धोका
काठमाडौं । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका भर्सटायल व्यक्तित्वको रुपमा परिचित गीतकार हिरा काजी थापाको नयाँ गित मिठो धोकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । हिराकाजी र बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको गीतमा नागेन्द्रको संगीत शृजना रहेको छ ।
टाढा टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोला जस्ता कालजयी गीतका गायक वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठ र गीतकार हिरा काजीको जोडीको सहकार्यमा तयार मिठो धोकामा गायिका सुजाता बर्माको आवाज रहेको छ। उदय राज पौडेलको एरेन्ज रहेको गीतमा भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्रि, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरको अभिनय रहेको छ । ह्यागं इन्टरटेनमेन्टबाट बजारमा आएको भिडियोलाइ निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण तथा निर्देशन गरेका हुन् । यो जोडीको पछिल्लो सांगीतिक कोशेलीका रुपमा बजारमा आएको ‘मिठो धोका’ रिलिज गरिएको छोटो समयमा नै करिब २ लाख ६० हजार बढी दर्शकले हेरिसकेका छन्।
ह्यागं इन्टरटेनमेन्टले आगामी दिनहरुमा झनै उत्कृष्ट सांगीतिक कोशेलीहरु पस्किने गीतकार तथा निर्देशक थापाले बताए। गीतकार थापाका अनुसार ह्यागं इन्टरटेनमेन्टमा बहुचर्चित गायक प्रताप दासको जोगी बोलको गीतको भिडियो दर्शकले केही समयमा नै हेर्न सुन्न पाउने छन्। त्यस्तै बानीका प्रधानको स्वरमा रहेको माली बोलको गीत पनि दर्शकले केही दिन भित्रमा नै हेर्न सक्नेछन्। जसमा शिखर सन्तोषको संगीत तथा फणिन्द्र राईको एरेन्ज रहेको छ।
हेर्नुहोस् भिडियो :
No ads found for this position

डिसी नेपाल
Facebook Comment