थप ८ हजार ९ सय जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु

डिसी नेपाल
३० वैशाख २०७८ १८:०१

काठमाडौं । बिहिबार नेपालमा देशभर १९ हजार ४७४ जनाको पीसीआर परिक्षण तथा ७७१ जनाको एन्टीजेन परिक्षण गर्दा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसहित २१४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ४ हजार ४६६ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ४९७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २७ लाख १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *