कर्णाली प्रदेश अस्पतालले बिरामी भर्ना नलिने
काठमाडौं । कोरोना महामारीले त्राहीत्राही भइरहेका बेला कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ।शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने जानकारी दिएको छ।
नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोडिका बिरामीलाई भर्ना लिन नसकिने अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन्।
महामारीको समयमा बिरामीको उपचारको व्यवस्था मिलाउनुको सट्टा अस्पतालले गरेको निर्णयको चौतर्फि विरोध भएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment