कोरोना अपडेटः थप ८ हजार १६७ जनामा संक्रमण, १८७ जना मृतक थपिए
काठमाडौं । शनिबार नेपालमा ८ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परिक्षण घटेसँगै संक्रमित पनि घटेका छन् । केहीदिन अघिदेखी २१ हजारको हाराहारीमा पीसीआर परिक्षण गर्दा ९ हजारको हाराहारीमा संक्रमित थपिने गरेका थिए । शनिबार १७ हजार ९७१ जनाको पीसीआर र ५७७ एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ४६ र १२१ जना गरी ८ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८७ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन् ।
हालसम्म कोरोनाको कारण ४ हजार ८५६ जनाको मृत्यु भएको छ
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment