इजरेल–प्यालेस्टाई संघर्षका त्रासदीपूर्ण तस्वीर (फोटो फिचर)
काठमाडौं। अघिल्लो हप्ताबाट इजरेल र प्यालेस्टाइनबीच भड्किएको हिंसाले युद्धको रुप लिन थालेको छ। प्यालेस्टाइनी लडाकु समूह हमासले इजरेली भूमिमा रकेट आक्रमण गरेपछि इजरेलले प्यालेस्टाइनको गाजा पट्टीमा व्यापक हवाई आक्रमण गरेको छ।
हालसम्म यो पछिल्लो हिंसा मा करिब १५० प्यालेस्टाइनी मारिएका छन् भने ९ जना इजरेली मारिएका छन्। इजरेली सेनाले गरेको हवाई आक्रमणमा गाजास्थित टावरहरु ध्वस्त भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हमासले पनि हजारौं रकेट प्रहार गरेको छ। तर, इजरेली सेनाको डिफेन्स सिस्ट आइरन डोम सिस्टमले ती रकेटहरुलाई आकाशमै ध्वस्त बनाउँदा इजरेलमा क्षति कम भएको छ। तर प्यालेस्टाइनीहरुले व्यापक क्षति व्यहोरेका छन्।
















तस्वीरहरु: बीबीसी
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment