मिस युनिभर्सः मेक्सिकोकी सुन्दरीले उपाधि जित्दा मन भने म्यानमारकी सुन्दरीले जितिन्

डिसी नेपाल
३ जेठ २०७८ १०:०८
2.7k
Shares

काठमाडौ। मिस युनिभर्स २०२० को उपाधि मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजाले जितेकी छिन् । आइतबार फ्लोरिडामा भएको कार्यक्रममा म्यानमारकी सुन्दरी तुजार विन्ट लुविनले बेस्ट नेशनल कस्ट्युम अवार्डका जितिन् । उनले यो अवार्डका साथै विश्वको मन समेत जितिन् । उनले आफूले स्टेजमा पाएको समयमा आफ्नो देशमा भएको सैन्य कूबारे विश्वको ध्यान तानेकी थिइन् । अघिल्लो वर्ष २०२० मै हुनुपर्ने यो प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण पछि सारिएको थियो ।

प्रतियोगिताको शीर्ष २१ सम्म पुगेकी म्यानमारी सुन्दरीले आफ्नो स्टेज समयमा भनिन् ‘हाम्रा नागरिकहरु मरिरहेका छन् र प्रत्येक दिन उनीहरुलाई सेनाले गोली हानिरहेको छ । त्यसैले म सबैलाई म्यानमारको लागि बोलिदिन आग्रह गर्छु ।’ उनले यसो भन्दै गर्दा उनले सैन्य कूविरुद्धको प्रर्शनमा भाग लिँदाका तस्वीरहरु पनि देखाइएको थियो । उनले बेस्ट नेशनल कस्ट्युम अवार्ड पनि जितिन् । फाइनलमा उनले परम्परागत बर्मेली पहिरन लगाएकी थिइन् र एउटा संकेत बोकेकी थिइन् जसमा ‘म्यानमारको लागि प्रार्थना गरिदेऊ’ लेखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.