कोरोनाभाइरसको औषधि बनाएको भारतको दावी, रक्षामन्त्री सिंहले आज सार्वजनिक गर्दै

डिसी नेपाल
३ जेठ २०७८ १०:५६
2.2k
Shares

काठमाडौं। भारतले कोरोनाभाइरसविरुद्ध पहिलो औषधि बनाएको दावी गरेको छ । भारतको रक्षा अनुसन्धान तथा विकास संस्था (डिआरडिओ) ले कोभिड १९ को उपचारको लागि विकास गरेको टु डक्सी डी ग्लुकोज (२–डीजी) नामको यो औषधि आज भारतीय रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गर्ने समाचार एजेन्सी एएनआइले जनाएको छ

भारतको रक्षा मन्त्रीको कार्यालयले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएको छ । रक्षा मन्त्रीको कार्यालयले ट्वीट गर्दै रक्षा मन्त्री राजनाथ सिंहले एन्टि कोभिड औषधि २–डिजीको पहिलो ब्याच आज साढे १० बजे भिडियो कन्फरेन्समार्फत सार्वजनिक गर्ने बताएको छ । यो औषधि डिआरडिओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड एलिड र्सान्सेज (आइएनएमएएस) ले डा. रेडिज ल्याबोरेटरिजसँग सहकार्यमा बनाएको ट्वीटमा उल्लेख छ ।

यो हप्ताको सुरुवातमा यो औषधिको पहिलो ब्याचमा १० हजार जोड औषधि सार्वजनिक गरिने डिआरडिओ अधिकारीले शुक्रबार बताएको एएनआइले लेखेको छ । ती अधिकारीले एएनआइसँग भने ‘कोभिड संक्रमित बिरामीको उपचारको लागि २–डीजी औषधिको पहिलो ब्याज अर्को हप्ताको सुरुमा सार्वजनिक गरिनेछ र त्यसपछि बिरामीहरुलाई दिइनेछ । औषधि उत्पादकहरुले भविष्यको प्रयोगको लागि उत्पादन बढाउनेतर्फ काम गरिरहेका छन् । यो औषधि डिआरडिओका डा. अनन्त नारायण भट्टसहितका वैज्ञानिकले विकास गरेका हुन् ।’

यो औषधिको क्लिनिकल ट्रायलमा यसले अस्पतालमा भर्ना भएका बिरामहिरुलाई छिटो निको पार्ने र बिरामी अक्सिजनमा निर्भर हुनुपर्ने अवस्था घटाउने देखिएको डिआरडिओका अधिकारीले बताएका छन् । यो औषधिले उपचार गरिएका धेरैजसो बिरामीको आरटीपीसीआर परीक्षण गर्दा कोभिड नेगेटिभ नतिजा आएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको महामारीसँग जुध्न तयार रहने आग्रहपछि डिआरडिओले कोभिड विरुद्ध थेराप्युटिक उपचार खोज्न थालेको बताइएको छ ।

महामारीको पहिलो लहरको क्रममा अप्रिल २०२० मा आइएनएमएएस र डिआरडिओका वैज्ञानिकहरुले सेन्टर फर सेल्युलर एण्ड मोलिक्युलर बायोलोजी हैदराबादसँगको सहकार्यमा प्रयोगशालामा परीक्षण गर्दा यो मोलिक्युल सार्स सओिभी २ विरुद्ध प्रभावकारी रुपमा काम गर्ने पाएको समाचारमा जनाइएको छ । यो नतिजाका आधारमा भारतको औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियाको सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले यो मोलिक्युलको फेज २ ट्रायलको अनुमति दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.