आफ्ना महिला कर्मचारीहरुसँग थियो बिल गेट्सको अफेयर, कर्मचारीहरुलाई दिन्थे यस्ता अफर
काठमाडौं। माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले हालै पत्नी मेलिन्डासँग सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । यसलगत्तै उनको निजी जीवनका विषयमा एकपछि अर्को खुलासा हुँदै गइरहेका छन् । पछिल्लो समय भएको खुलासा अनुसार उनको आफ्नै कम्पनी माइक्रोसफ्टका महिला कर्मचारीहरुसँग सम्बन्ध थियो । उनले कैयौं महिला कर्मचारीहरुलाई डेटिङको प्रस्ताव समेत गरेका थिए । उनले विवाहित हुँदाहुँदै पनि अन्य महिलाहरुसँग यस प्रकारका सम्बन्ध बढाएका थिए ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २००० मा बिल गेट्स माइक्रोसफ्टमा काम गर्ने एक महिला इन्जिनियससँग सम्बन्धमा थिए । यी महिलाले २०१९ मा कम्पनीको बोर्डलाई एक पत्र लेखेर यो सम्बन्धबारे जानकारी दिएपछि मात्रै यसको खुलासा भएको थियो । ती महिलाले आफूहरुको सम्बन्धबारे पत्रमा विस्तारमा लेखेकी थिइन् । बिल र मेलिन्डाले १९९४ मा बिहे गरेका थिए । माइक्रोसफ्टकी इन्जिनियरसँग बिलको सम्बन्ध चलिरहँदा उनी र मेलिन्डाबीच विवाहको ६ वर्ष पूरा भइसकेको थियो ।
रिपोर्टका अनुसार महिला इन्जिनियरले बोर्डलाई लिखित रुपमा यस्तो जानकारी दिएपछि बोर्डले यस विषयमा जाँच पनि सुरु गरेको थियो । यो पूरै जाँचको क्रममा माइक्रमोसफ्टले कर्मचारीलाई पूरा सहयोग गरेको थियो । यद्यपि जाँच पूरा हुनुभन्दा पहिले नै बिल गेट्सले कम्पनीबाट राजीनामा दिएका थिए । वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा कम्पनीका एक प्रवक्ताले बताएअनुसार बिलको राजीनामा र यो जाँचको एक आपसमा कुनै सम्बन्ध भने थिएन ।
सन् २०२० मा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएका थिए । र, यही दिन उनले योर्कशायर हेथवेको बोर्डबाट पनि राजीनामा दिएका थिए । वर्कशायर हेथवे बिलका मित्र र विश्वका सबैभन्दा चर्चित लगानीकर्ता वारेन बफेटले चलाउँछन् । बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएपछि आफू सत्या नडेलाको प्राविधिक सल्लाहकारको रुपमा रहिरहने बताएका थिए ।
अहिले सार्वजनिक रिपोर्टमा बताइएअनुसार बिलले विवाहित हुँदाहुँदै पनि कैयौं महिलाहरुलाई डेटिङको प्रस्ताव दिएका थिए । यी महिलाहरु माइक्रोसफटमा काम गर्ने तथा बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनमा काम गर्ने महिलाहरु थिए । रिपोर्टमा बिलले यी महिलाहरुलाई प्रस्ताव दिएको भए पनि कुनै महिलामाथि दबाब भने नदिएको बताइएको छ । बिलले २००६ मा एक महिला कर्मचारीलाई डेटिङको प्रस्ताव दिएपछि उनलाई इमेल लेखेर भनेका थिए – यदि तपाइँ यो कुरालाई लिएर असहज महसुस गर्नुहुन्छ भने कल्पना गर्नुस् यस्तो केही भएकै छैन ।
न्यूयोर्क टाइम्ससँग कुरा गर्दै एक महिलाले बताएअनुसार एक समय उनी बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको कामको लागि न्यूयोर्क गएकी थिइन् । त्यतिबेला बिलले उनीसँग आफूले बाहिर भेट्न चाहेको बताएका थिए । बिलले उनलाई डिनरको प्रस्ताव दिएका थिए । महिलाले बिलको कुरालाई हाँसेर टारेको बताइन् । रिपोर्टका अनुसार बिलको प्रस्ताव अस्वीकार गरेका महिलाहरुलाई कामको सिलसिलामा कुनै समस्या भएको प्रमाण देखिएको छैन ।







डिसी नेपाल








Facebook Comment